Like us!
Follow us!
Connect us!
Watch us!

अब विदेश भ्रमणमा जानेले २ सय डलरसम्म मात्रै साट्न पाउने

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १४ : ३३ मा प्रकाशित

अब विदेश भ्रमणमा जानेले २ सय डलरसम्म मात्रै साट्न पाउने

अब उप्रान्त विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूले २ सय डलरसम्म मात्रै साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ मा संशोधन गर्दै यस्ताे व्यवस्था गरेकाे हाे । 

राष्ट्र बैंककाे परिपत्रमा भनिएकाे छ, "नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) को व्यवस्था बमोजिम परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० (दुई सय मात्र) सम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन् ।"

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62d7c346e20cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको