Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लो मौद्रिक नीतिले दिएको चोटमा अहिले मलम लगाइयोस् : छोटेलाल रौनियार

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, ११ : ४२ मा प्रकाशित

सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले गभर्नरले राम्रो पोलिसी ल्याउँदा आफूहरूले राम्ररी नै स्वागत गरेको बताए ।

अर्थ संसारकाे कार्यक्रम मार्केट अपडेटमा कुराकानी गर्दै उनले भने, "गभर्नर महाप्रसाद अधिकारीले २ वटा माैद्रिक नीति ल्याइसक्नुभयाे । २ वटा माैद्रिक नीति राम्राे लेराउनुभयाे उहाँले हामीले स्वागत पनि गर्याैँ, बजार पनि बढ्याे, सेबाेनले पनि राम्राे काम गर्याे बजार बढ्याे, एउटा ठाउँमा पुग्याे । त्याे बेला एमालेकाे सरकार थियाे, खतिवडाजी अर्थमन्त्री हुनुहुन्थ्याे । त्यसपछि चाहीँ हाम्राे विष्णु पाैडेलजी अर्थमन्त्री हुनुभयाे । त्याे टाइममा उहाँले २ वटा माैद्रिक नीति लेराउनु भयाे, घ्यू जस्तै, हामीले मागेका हाेइनाैँ त्याे बेला काेभिडकाे समयमा हामीले नै जुम मिटिङबाट माग राखेकाेमा ६-७ वटा माग पुरा गर्दिनु भाकाे थियाे । मैले उहाँलाई पर्सन्नली धन्यवाद गरेर इमेल पनि पठाएको थिएँ । राम्रो पोलिसी आउँदा त हामी स्वागत पनि गर्छौँ नी गर्नु पनि पर्छ तर खराब पोलिसी आयो भने त हामीले त्यसलाई काउन्टर पनि गर्नुपर्छ, भन्नुपर्छ, आवाज उठाउनु पर्छ, डल एण्ड डम्प भएर बस्नु हुँदैन ।"

पूँजी बजारकाे पूँजी आफ्नो हुने भन्दै उनले पछिल्लो वर्ष आएको मौद्रिक नीति लगानीकर्ताहरू छाँगाबाट खस्ने जस्तरी आएको बताए । गत वर्ष एमाले सरकार गएर काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार आएको परिवेशमा ल्याइएको मौद्रिक नीतिले लगानीकर्ताहरूलाई झड्का दिएको उनको तर्क छ । अहिले पनि गभर्नर एमालेकै सदस्य हो भनेर विभिन्न थरी मिडियाहरूमा आएको कुरा आफूलाई कताकता सत्यतथ्य जस्तै लागेको उनी बताउँछन् । गत वर्ष एमाले सरकार गएर काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार आएको परिवेशमा ल्याइएको मौद्रिक नीतिले लगानीकर्ताहरूलाई झड्का दिएको उनको तर्क छ । अहिले पनि गभर्नर एमालेकै सदस्य हो भनेर विभिन्न थरी मिडियाहरूमा आएको कुरा आफूलाई कताकता सत्यतथ्य जस्तै लागेको उनी बताउँछन् ।

उनी भन्छन्, "गभर्नरज्यूले २ वटा मौद्रिक नीति राम्रो लेराएर तेश्रो मौद्रिक नीतिमा सेयर बजारलाई लगानीकर्ताहरूप्रति सौतेला व्यवहार गर्नुभयो । हाम्रो सेबोन स्वायत्त संस्था हो । त्यस्तै राष्ट्र बैंक पनि स्वायत्त संस्था हो । राष्ट्र बैंक हामी लगानीकर्ताहरूको अभिभावक हो ।हामी मान्छौँ उहाँलाई, रेस्पेक्ट गर्छौँ । उहाँहरूले जस्तो मौद्रिक नीति लेराउनु हुन्छ । पूँजी बजार त्यसमै बेस (आधारित) हुन्छ । समग्र अर्थतन्त्र नै त्यसैमा आधारित हुन्छ । गत वर्ष उहाँले जस्तो मौद्रिक नीति लेराउनुभयो त्यसमा त अघिल्ला वर्षहरूको कुनै छायाँ नै छैन केही पनि छैन त्यो मुटु नै निकालेर काहीँ राखेर Skeleton जस्ताे ल्याइदिनु भयाे।"

गतवर्ष राष्ट्र बैंकले त्यस्तो मौद्रिक नीति लेराउँदा फलस्वरूप पूँजी बजार यसरी घट्नु दुर्भाग्य भएको उनी बताउँछन् । पूँजी बजार एउटा उचाईमा पुगी विदेशमा जस्तै अर्थतन्त्रको ऐना एवमं मेरूदण्ड बनिसकेको अवस्थामा खुट्टा तान्ने काम गभर्नरबाटै भएको उनले बताए । गभर्नरको ४/१२ को नीतिले गर्दा पूँजी बजारलाई बिगार्ने काम र लगानीकर्ताहरूको खुन पसीनाको पैसा डुबेको उनकाे तर्क छ ।

 माैद्रिक नीतिकाे ३ वटै समिक्षामा पनि गभर्नरले पूँजी बजारलाई हिर्काएको हिर्काई गरेका भन्दै उनले अब आउने नयाँ मौद्रिक नीति लगानीकर्ताहरूलाई आतंकित नबनाओस् भन्ने गभर्नरलाई उनको सुझाव छ । राष्ट्र बैंक जस्ताे स्वायत्त संस्थामा बसेकाे व्यक्तिकाे काममा राजनीति हावी हुन नहुने उनी बताउँछन् ।

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको