Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय विवरण प्रकाशन गर्ने म्याद घट्याे, २१ दिनभित्र प्रकाशन गर्नुपर्ने

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १७ : २२ मा प्रकाशित

वित्तीय विवरण प्रकाशन गर्ने म्याद घट्याे, २१ दिनभित्र प्रकाशन गर्नुपर्ने

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका संस्थाहरूले वित्तीय विवरण प्रकाशन गर्ने म्याद घटेको छ । 

यसअघि आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरिएको थियाे । यसपाली भने बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण साउन २१ गतेभित्रै प्रकाशन गर्नुपर्ने भएकाे छ । 

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले चौथो त्रैमासबाहेकका अन्य त्रैमासको वित्तीय विवरण ७ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकाे छ ।

यस्ताे छ निर्देशन : 

62d93b56275b5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको