Like us!
Follow us!
Connect us!
Watch us!

पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई छुट

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १७ : ५५ मा प्रकाशित

पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई छुट

नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई छुट दिने भएकाे छ ।

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई छुट दिइने जानकारी दिएका हुन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नरले भने, "वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ । बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा-निक्षेप अनुपात प्रयोजनका लागि स्रोतको रुपमा गणना गरिरहेकोमा त्यस्तो गणना गर्न सकिने अवधि २०८० असार मसान्तसम्म रहने व्यवस्था मिलाइनेछ ।"

हामी आभारी छौँ  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको