Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिमा पूर्व गर्भनरहरुको मिश्रीत प्रतिक्रिया

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १८ : १० मा प्रकाशित

मौद्रिक नीतिमा पूर्व गर्भनरहरुको मिश्रीत प्रतिक्रिया

नेपाल राष्ट्र बैंकले २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ ।

सार्वजनिक मौद्रिक नीतिमा गर्भनर महाप्रसाद अधिकारीले आफूले अन्तराष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखेर आर्थिक सन्तुलन कायम रहने गरी कसीलो मौद्रीक निती ल्याएको बताएका छन् । तर राष्ट्र बैंकका पूर्व गर्भनरहरुले भने मौद्रिक नीतिमा सकारात्मक कुरा भएपनि गर्भनर अधिकारीले भने जस्तो कसीलो नभएको बताएका छन् ।

अर्थ ससारसँग कुराकानी गर्दै पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले केही सकारात्मक कुरा मौद्रिक नीतिमा आएपनि खासै प्रभावकारी भने नभएको बताएका छन् । हट्नुपर्ने ४/१२ को नीतिमा आंशिक परिवर्तन मात्रै आएको, ९% भन्दा माथी पुर्याउनुपर्ने ब्याजदर ८.५% मात्रै कायम रहेको उनको भनाई छ । सिआरआर अनुपात पनि ४% को सट्टा ६% पुर्याउँदा ठिक हुने उनले थपे ।

त्यस्तै, यता अर्का पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीति मार्फत् ब्याजदरमा भएको बढोत्तरी, मर्जरको लागी बाध्यकारी सीमा थपिनु राम्रा कदम भएको बताए । मर्जर र इक्विजीसनको समयमा सेयर कारोबार रोक्का नहुने निर्णय पनि बैंकहरुका लागी सहयोगी नै सिद्ध हुने उनको धारणा छ । तर ४/१२ को प्रावधानमा आवश्यक नै नरहेको परिवर्तन मौद्रिक नीतिमा आएको उनले प्रतिक्रिया दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको