Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति केही खुकुलो भयो अझै कसिलो आउनुपर्दथ्यो : डा. खनाल

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, १० : ०० मा प्रकाशित

मौद्रिक नीति केही खुकुलो भयो अझै कसिलो आउनुपर्दथ्यो : डा. खनाल

अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीति अझै कसिलो आउनुपर्ने थियो भन्ने धारणा राखेका छन् । 

उनले भने,‘के विशुद्ध रुपमा मूल्य भन्ने कुरा मुद्रा प्रदायले मात्रै निश्चित गर्छ ?मौद्रिक नीति बढि माग पक्षबाट निर्देशित छ । मलाई कताकता के लागेको छ भने अहिलेको पोलिसी आर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा स्थायित्व, यो दुवै कुरामा नीतिमा असफल भएको छ ।’

उनले सप्लाई साईट र उत्पादनको साईटलाई बजेटले निर्देशित गरे बमोजिमको नीति नआएको हो कि भन्ने पनि गुनासो रहेको सुनाए । उनले भने,‘ब्याजदर ज्यादै उच्चदर छ । मागमा संकुचनमा ल्याउनु हुन्छ भने लगानीमाग घट्छ । नेपालको अर्थतन्त्र अहिले ट्रयापमा छ । मूल्य अन्तराष्ट्रिय कारणले बढ्दै जाने अवस्था, रियल स्टेटको लगानी कम गर्ने कुरा हो, यो सकारात्मक छ ।’ उनल राष्ट बैंकले भोलिका दिनमा अहिले उठेका सबै आशंकालाई चिरेर जानुपर्नेमाजोड दिए 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको