Like us!
Follow us!
Connect us!
Watch us!

२१५० को विन्दुमा बजारले सामना गर्नेछ बलियो रेसिस्टेन्स, ब्रेक हुने सम्भावना कति ?

बसन्त पाण्डे

सोमबार, ०९ साउन २०७९, १५ : ५८ मा प्रकाशित

२१५० को विन्दुमा बजारले सामना गर्नेछ बलियो रेसिस्टेन्स, ब्रेक हुने सम्भावना कति ?

मौद्रिक नीति सार्वजनिक भएपछिको दोश्रो कारोबार दिन आज सोमबार पनि बजार उच्च अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ५४ अंकले बढ्दा कारोबार रकममा पनि उछाल आएको छ। दिनभरी नै राम्रो खरिद चाप देखिएको बजारमा ४ अर्ब १० करोडभन्दा धेरै रकमको कारोबार भएको हो।  

६ महिनापछि आरएसआई ६० माथि 

गत जनवरीमा बजार २८०० को हाराहारीमा हुँदै गर्दा नेप्सेको डेली चार्टमा आरएसआई ६० माथि थियो। त्यसपछि तलतिर लाग्न थालेको आरएसआई ६० माथि जान सकेको थिएन। आज डेली चार्टमा आरएसआई ६३.३५ को लेभलमा पुगेसंगै बजार ट्रेडिङ्ग जोनमा प्रवेश गरेको हो। 

बोलिंगर ब्याण्डको अपर ब्याण्ड ब्रेक 

आज सोमबार बजार २११० भन्दा माथितिर लाग्दै गर्दा बोलिंगर ब्याण्डको अपर ब्याण्ड ब्रेक भएको छ। यसले बजारमा निकै बलियो खरिद मोमेण्टम देखिएको स्पष्ट पारेको छ। अपर ब्याण्डलाइ बेन्ड गर्दै अपर ब्याण्डसंगै क्यानडल बन्न थाल्यो भने बजारमा उछाल आउनेछ।  

२१५० को बिन्दुमा बलियो प्रतिरोध 

२१५० को बिन्दुमा अपर प्राइस च्यानल छ। बजार २९८४ बाट तलतिर लाग्न थालेपछि पटक पटक अपर प्राइस च्यानल लाइनलाइ टेस्ट गर्न गएतापनि ब्रेक गर्न सकेको थिएन। यदि यसपटक अपर प्राइस च्यानल ब्रेक भयो भने बजारमा निकै राम्रो मोमेण्टम बन्ने देखिन्छ।  

बजारमा निकै राम्रो खरिद सेन्टिमेन्ट देखिएको हुँदा २१५० को प्रतिरोध ब्रेक हुनसक्ने सम्भावना उच्च बनेको छ तर २१५० को बिन्दुबाट एउटा सानो करेक्सन आउने अनुमान गर्न सकिन्छ।  

नोटः यो विश्लेषण नेप्सेको टेक्निकल चार्टका आधारमा गरिएको हो, सेयर बजार आँफैमा जोखिमको क्षेत्र हो सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

62de6d99c8161.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको