Like us!
Follow us!
Connect us!
Watch us!

७ अर्बले घट्यो निक्षेप, सिडी रेसियो कति ?

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १२ : ०६ मा प्रकाशित

७ अर्बले घट्यो निक्षेप, सिडी रेसियो कति ?

बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार साउन ८ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । साउन ७ गते, शनिबारसम्म बैंकहरूकाे निक्षेप ५० खर्ब ८१ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ७ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ६ अर्बले घटेर ४४ खर्ब ७० अर्बमा झरेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि एक अर्बले घटेर ४६ खर्ब ८७ अर्ब रूपैयाँमा झरेकाे छ । वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह भने ४१ खर्ब ५८ अर्ब रूपैयाँमा स्थिर छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.४४ प्रतिशतबाट बढेर ८७.६२ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

62df883f44457.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको