Like us!
Follow us!
Connect us!
Watch us!

२१४२ सम्म पुगेर ४५ अंकले घट्यो नेप्से, अब घटेको घटेकै गर्ने हो त ?

बसन्त पाण्डे

मंगलबार, १० साउन २०७९, १७ : १७ मा प्रकाशित

२१४२ सम्म पुगेर ४५ अंकले घट्यो नेप्से, अब घटेको घटेकै गर्ने हो त ?

आज मङ्गलबार नेप्से परिसूचक ४४.८० अङ्कले घट्यो। ३ अर्ब ७० करोडको कारोबार भएको बजार दिनभरी नै दवावमा रह्यो। बजार खुलेदेखि नै सेलिङ्ग प्रेसर देखिएको बजार सम्हालिने प्रयास गर्दा गर्दै पनि सम्हालिन सकेन र उच्च अङ्कले घटेर बन्द भयो। बजार यसरी उच्च अङ्कले घट्दा अबको बजारको दिशा कतातर्फको होला भन्ने चिन्ता लगानीकर्ताहरुमा देखिएको छ। 

हिजो हामीले २१५० को बिन्दुमा अपर प्राइस च्यानल लाइन रहेको र बजारले त्यो प्राइस च्यानल ब्रेक गर्नुअघि एकपटक करेक्सन आउन सक्ने अनुमान गरी सोहिअनुसारको विश्लेषण प्रस्तुत गरेका थियौं। 

अब कस्तो रहला बजारको यात्रा ?

आज अन्तिम घण्टासम्मै सेलिङ्ग प्रेसर देखिएको थियो। यसले भोली पनि बजार घट्नसक्ने सम्भावना छ भन्ने संकेत गर्दछ। आज बजार उच्च अङ्कले घटेकाले भोली सानो अङ्कले मात्रै बजार घट्ने वा सुरुवाती चरणमा बजार घटेर पछि राम्रो रिकोभरी भई ह्यामर क्यान्डल बन्न सक्ने सम्भावना पनि देखिएको छ। समग्रमा बजारको सेन्टिमेन्ट बुलिश नै रहेको हुँदा बजार माथितिरै जाने सम्भावना देखिन्छ।  

मौद्रिक नीति सार्वजनिक भएकै दिन शुक्रबार र सो को अघिल्लो दिन बिहिबार मौद्रिक नीति नराम्रो आउनसक्ने आशंकामा धेरै लगानीकर्ताहरुले सेयर बिक्रि गरेका थिए। अब अलिकति बजार घट्यो भने ती लगानीकर्ताहरु पुन: बजार छिर्नसक्ने देखिन्छ।  

प्राविधिक रुपमा हेर्दा २०८० देखि २०७० को एरिया सपोर्ट जोन हो। यदि बजार २०७० भन्दा पनि तल गयो भने २०२० देखि २०५० बिचको जुनसुकै बिन्दुबाट पनि बजार माथितिर लाग्न सक्ने देखिन्छ। यदि बजार २०१० को बिन्दुभन्दा पनि तलतिर क्लोज भयो भने अझै तल खस्नसक्ने सम्भावना रहन्छ।  

बजार १८०० को बिन्दुतिर झर्दा नेप्सेको डेली चार्टमा आरएसआई २३ को लेभलमा थियो। त्यसपछि बजारमा उतार चढाव आउँदै गर्दा आरएसआईले सपोर्ट लिएका लेभलहरुलाई जोड्दै जाँदा आरएसआईमा एउटा सपोर्ट लाईन बनेको छ। आज नेप्सेको डेली चार्टमा आरएसआई ५६.७३ को बिन्दुमा छ। डेली चार्टमा आरएसआई ५४/५३ सम्म झरेर त्यहाँबाट माथितिर लाग्न थाल्यो भने त्यसपछि बजारको यात्रा अप्वार्ड नै रहने सम्भावना प्रबल रहन्छ।  

62dfd1704511e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको