Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर ओरालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरमै १६ रुपैयाँ घटेर आयो

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १५ : २१ मा प्रकाशित

निरन्तर ओरालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरमै १६ रुपैयाँ घटेर आयो

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको छ ।

आइओसीले पन्ध्र(पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । सोमबार आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। 

निगमका अनुसार सोमबार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ । यसअघि भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि पेट्रोलको भाउ बढ्ने गर्दथ्यो । 

अघिल्ला पटक पनि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको