वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर रहँदा कुल निक्षेप भने बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने घटेकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार साउन १७ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप एक अर्बले बढेर ५० खर्ब ४३ अर्ब पुगेकाे छ । साउन १६ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ५० खर्ब ४२ अर्ब रहेकाे थियाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप भने ४४ खर्ब ४१ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी एक अर्बले घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँ छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४६ खर्ब ८५ अर्ब कर्जा प्रवाह गरेका छन् ।
साउन १६ गते औसतमा ८७.८७ प्रतिशत रहेको सीडी रेसियो साउन १७ गतेसम्ममा घटेर ८७.८३ प्रतिशत पुगको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस