नेपाल राष्ट्र बैंकले २ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेबापत २ वटा वाणिज्य बैंकलाई कारबाही गरेको हाे ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चाैथाे त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडलाई नगद जरिवाना गरेकाे छ ।
स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रूपैयाँ ७५ पैसा जरिवाना गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस