Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १६ : ०२ मा प्रकाशित

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने कममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाण्डौँ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २-२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौँ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शल्क, शैक्षिक सामग्री र नगदवत्ति रु. २,००० (प्रति महिना) गरी प्रत्येक विद्यार्थीलाई रु.५०,००० सम्मको छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।

यो छात्रवृत्ति बैंकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि दिँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको