बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन २३ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । साउन २२ गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ५० खर्ब ४६ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ९ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ८ अर्बले घटेर ४४ खर्ब ३८ अर्बमा झरेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४ अर्बले बढेर ४६ खर्ब ९२ अर्ब रूपैयाँ पुगेकाे छ । यसै अवधिमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह पनि ४ अर्बले बढेर ४१ खर्ब ६५ अर्ब पुगेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.६५ प्रतिशतबाट बढेर ८७.८६ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस