समृद्धि फाइनान्सले श्रावण २५ गते नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
फाइनान्सले नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तर्गत २०० जना विद्यार्थीहरुलाई ९०० थान कापी र २०० थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस