Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन १० अर्बले घट्यो वाणिज्य बैंककाे निक्षेप, सिडी रेसियो कति छ ?

अर्थ संसार

विहीबार, २६ साउन २०७९, ११ : २९ मा प्रकाशित

एकैदिन १० अर्बले घट्यो वाणिज्य बैंककाे निक्षेप, सिडी रेसियो कति छ ?

बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाे बढेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार साउन २४ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । साउन २३ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप ५० खर्ब ३७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप १० अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि १० अर्बले घटेर ४४ खर्ब २८ अर्बमा झरेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने २ अर्बले बढेर ४६ खर्ब ९४ अर्ब रूपैयाँ पुगेकाे छ । यसै अवधिमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह पनि एक अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेकाे छ ।  

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.८६ प्रतिशतबाट बढेर ८८.०५ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

62f497ea1ba27.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको