Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टड बैंकले घटाएर प्रकाशित गर्यो नयाँ ब्याजदर

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०६ : ०३ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टड बैंकले घटाएर प्रकाशित गर्यो नयाँ ब्याजदर

स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोली (भदौ १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैकले अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ भने संस्थागत मुद्दती निक्षेपको भने ब्याज १ प्रतिशतले घटाएको छ । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ८.०३ प्रतिशत देखि अधिकत ११.०३ प्रतिशतसम्म तोकिएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.८१ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः

62fae2b69ed6b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको