Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, रेमिट्यान्स बचत र संस्थागत मुद्दतीमा समान ब्याज

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०९ : ०६ मा प्रकाशित

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, रेमिट्यान्स बचत र संस्थागत मुद्दतीमा समान ब्याज

नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (भदौ १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैकले अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ भने संस्थागत मुद्दती निक्षेपको भने ब्याज १ प्रतिशतले घटाएको छ । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ९.०३ र १२.०३ प्रतिशत ब्याज दिने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.९९ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः

62fb0da80916b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको