Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले फेरि पनि आफैँ किन्याे ट्रेजरी बिल

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १२ : २९ मा प्रकाशित

ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले फेरि पनि आफैँ किन्याे ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले फेरि पनि आफैँ ट्रेजरी बिल किनेकाे छ । राष्ट्र बैंकले आफैँ ट्रेजरी बिल किनेकाे याे चाैथाे पटक हाे । 

राष्ट्र बैंकले हिजाे कुल १२ अर्बकाे ट्रेजरी बिक्री गरेकाे थियाे । जसमध्ये, बैंकले करिब ५ अर्बकाे ट्रेजरी बिल आफैँ किनेकाे हाे । बैंकले २६ दिनकाे अवधिको २ अर्ब रुपैयाँ बराबरको र ९१ दिन अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल आफैँ किनेकाे छ । 

त्यसैगरी, १८२ दिन अवधिको लागि ६ अर्बको ट्रेजरी बिल बिक्री गरिएकाेमा बैंक तथा वित्तीय संस्थालाई ५ अर्ब ८५ करोड रुपैयाँको बिक्री गरी १५ करोडको ट्रेजरी राष्ट्र बैंकले साैझै खरिद गरेको छ । यस्तै, ३६४ दिनकाे अवधिको ट्रेजरी बिलमा पनि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी राष्ट्र बैंकले आफैँले खरिद गरेको छ भने ५० करोडको ट्रेजरी बिल अन्य बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेको छ ।

२८ दिन अवधिको ट्रेजरीको ब्याजदर ८.७० प्रतिशत, ९१ दिन अवधिको ट्रेजरीको ब्याजदर ९.०८ प्रतिशत, १८२ दिन अवधिको ब्याजदर ९.०२ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरीको ब्याजदर ९.०२ प्रतिशत कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको