Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र सीता प्यालेसबीच सम्झौता, ग्राहकलाई १० र १५ प्रतिशत छुट

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १७ : ४२ मा प्रकाशित

प्रभु बैंक र सीता प्यालेसबीच सम्झौता, ग्राहकलाई १० र १५ प्रतिशत छुट

प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेसहोटल बिच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाटहरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साहर सीता प्यालेस होटलकातर्फबाटप्रबन्धक  मुकुन्द प्रसाद घिमिरेद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले सीता प्यालेस होटलद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको