सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट, बाजेको केक, ओनेक्स ट्रेडिङ (द बाइक फार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (QR Scan) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट QR Code बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।
सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application मा लगइन गरी आवेदन दिन सकिन्छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस