Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा डिजिटल विककाे घाेषणा, डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १२ : ११ मा प्रकाशित

कामना सेवाद्वारा डिजिटल विककाे घाेषणा, डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि भाद्र १९ गते आईतबारदेखि भाद्र २४ गते, शुक्रबारसम्म KS Digital Week घाेषणा गरेको छ ।  

नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस KS Digital Week मा कामना सेवा विकास बैंकका QR Merchant हरुले QR प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम रु. ५० वा १५% बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नुहुनेछ । साथै बैंकका ग्राहक महानुभावहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । IME Pay तथा Khalti Digital Wallet मा कामना सेवा विकास बैंक लिङ्क गरि रु.१०० सम्मको Cash Back लगायत अन्य थुप्रै Discount र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स Fonepay, F1soft, NCHL, VISA, IME Pay र Khalti Digital Wallet सँगको संयुक्त साझेदारीमा ल्याएको हो ।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको “Digital Payment Year“ लाई टेवा पुर्याउने बैंकले विश्वास लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको