Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु र सेन्चुरी कमर्सियल बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

अर्थ संसार

सोमबार, २० भदौ २०७९, ०७ : ०९ मा प्रकाशित

प्रभु र सेन्चुरी कमर्सियल बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई प्रभु बैंकमा गाभ्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मर्जरका लागि प्रारम्भिक सझौता गरिसकेका यी दुई बैंकलाई राष्ट्र बैंकलाई राष्ट्र बैंक बोर्ड बैठकले सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंकका प्रवक्ताले जानकारी दिए । 

दुई बैंक बीच प्रारम्भिक रुपमा १ :१  अनुपातमा गाभिने गरी सम्झौता भएको छ। प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ ।सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। 

हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मसान्त सम्म मर्जरको एकिकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको