Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र हिमाल डेन्टलबीच मर्चेन्ट सम्झौता

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १२ : १९ मा प्रकाशित

कामना सेवा विकास बैंक र हिमाल डेन्टलबीच मर्चेन्ट सम्झौता

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच भाद्र १९ गते आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आवद्ध सम्पूर्ण व्यक्तिहरूले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकका कर्मचारी तथा बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण व्यक्तिहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको