Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम बुटवलको देवीनगरमा

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १५ : ४० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ । 

उक्त एटिएम सेवाको समुद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । 

एटिएम सेवा समुद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताएका थिए ।

कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको