Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, ११ : ५९ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम मौका

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदाै ८ गते, बुधबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले २१ लाख ५७ हजार ६ सय १५ सय कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेकाे हाे । उक्त सेयरको न्यूनतम मूल्य ३ सय २५ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताहरूले ३ सय २५ रुपैयाँ वा त्यो भन्दा बढी मूल्यमा आवेदन दिन सक्नेछन् । साे सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकाे छ । इच्छुक व्यक्ति वा संस्थाले कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाण्डौंमा के कति सेयर खरीद गरी लिने हो सोको व्यहोरा खुलाई निवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको