प्रधानमन्त्री शेरवहादुर देउवाले कर्मचारीतन्त्रको सहयोग बिना मुलुकको विकास अघि बढ्न नसक्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकको दुर्गती हुनुमा राजनीतिक नेतृत्वलाई मात्र दोष दिन नमिल्ने बताए ।
“बाटो बनाउने कसले हो, हामीलाई थाहा पनि छैन ! इन्जिनियरले बनाउने हो । पैसा पुगेन भने दिन तयारै छ सरकार । राजनीतिज्ञहरूलाई दोष दिएर केही हुनेवाला छैन । जबसम्म कर्मचारीतन्त्रको सहयोग हुँदैन, तबसम्म देश अगाडि बढ्नै सक्दैन । त्यसो हुनाले, एस मिनिस्टर’ भनेर काम हुनेवाला छैन यहाँ ।” उनले भने ।
राष्ट्रको समुन्नतिका लागि राजनीतिज्ञहरूसँगै कर्मचारीतन्त्रको पनि महत्वपूर्ण भूमिका हुने भन्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू आवधिक निर्वाचनसँगै फेरिने तर एक पटक सरकारी सेवामा प्रवेश गरेपछि सेवानिवृत्त नभएसम्म कर्मचारीले काम गर्न पाउने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस