Like us!
Follow us!
Connect us!
Watch us!

ड्युटीमा खटिएका प्रहरीलाई ३ हजार ५० रुपैयाँ घुस दिएपछि...

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १३ : ०२ मा प्रकाशित

ड्युटीमा खटिएका प्रहरीलाई ३ हजार ५० रुपैयाँ घुस दिएपछि...

ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई पक्राउ गरिएको हो ।    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको