Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

नेप्से

विहीबार, २३ भदौ २०७९, १५ : ०५ मा प्रकाशित

नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले घट्दा काराेबार रकम भने हिजाेकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ विन्दुमा झरेकाे छ । नेप्से ०.११ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले घटेर ३७६.८४ विन्दुमा झरेको छ । 

कूल २२७ वटा कम्पनीकाे ३४ लाख एक हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ४३ लाख ७९ हजार ६ सय रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, बिहीबार काराेबार रकममा हिमाल एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । कम्पनीकाे १३ कराेड १० लाख ४५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ४.४९ प्रतिशतले बढेर एक हजार २ सय ८० रूपैयाँ पुगेकाे छ । 

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ६.४९ प्रतिशतले घटेर एक हजार ४ सय ११ रूपैयाँ २० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको