Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फन्ड के हाे ? फण्डमा लगानी गर्दा लगानीकर्तालाई के फाईदा ?

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, ११ : ५१ मा प्रकाशित

म्युचुअल फन्ड के हाे ? फण्डमा लगानी गर्दा लगानीकर्तालाई के फाईदा ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्ड पनि एक वित्तीय औजार हो । म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ । यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ ।

साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई  ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गर्ने कम्पनी भनेको म्युचुअल फन्ड हो । यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य बन्दछन्।

म्युचुअल फन्डका केही विशेषताहरू :

१.लगानीमा विविधिकरण (Diversification In Investment) :  म्युचुअल फन्डको लगानी विविध क्षेत्रमा गरिएको हुन्छ जसले जोखिम न्युनिकरण गर्न मद्दत पुग्दछ।

२. तरलता (Liquidity) :  खुलामुखी फन्डका लगानीकर्ताले तोकिएको समय अविधिभरमा बिक्री गर्न सकिन्छ जुन प्रतियुनिट कूल सम्पति मूल्य (Net Assets Value Per Unit) कै बराबर हुने गर्दछ। यस्ता फन्ड तरल सम्पति हुन्।

३. लगानीको कुशल व्यवस्थापन (Proper Investment Management) : म्युचुअल फन्ड कम्पनीले लगानीगर्दा अनुभवी पोर्टफोलियो  व्यबस्थापकलाई अ‍ौपचारिक रूपले लगानीको जिम्मेवारी दिएका हुन्छन जसले वृहत खोज र अध्धयन गरी निर्णय गर्दछन्।

४.सरकारको नियमन तथा पार्दशिता (Government Convinience and Transperancy) :  म्युचुअल फन्डले सरकारी निति र कानुन बमोजिम कार्य गर्नुपर्दछ र सरकारले यस्ता कम्पनीको नियमन गर्दछ। आवश्यक परेमा सरकारले नितिनियम परिमार्जन एवम् बद्लाव गर्दछ। त्यसका साथै वित्तिय विवरण, आयव्यय विविरण जस्ता महत्वपूर्ण प्रतिवेदनको पार्दशिता निश्पक्ष रूपले यी कम्पनीले खुलासा गर्दछन्।

म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्  एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना । यी दुई योजनाहरूका आ-आफ्नै विशेषताहरू हुन्छन् ।

खुलामुखी योजना

कुनै पनि समयमा किनबेचको लागि उपलब्ध हुन्छ । दोस्रो बजार अर्थात नेप्सेमा सूचिकृत हुँदैन । यसको किनबेच कुनै पनि समयमा खुद सम्पत्ति मूल्यको आधारमा गर्न सकिन्छ । यसमा समय निश्चित गरिएको हुँदैन । त्यसैगरी युनिटहरु पनि मागका आधारमा बढाउन सकिन्छ ।

बन्दमुखी योजना

यस प्रकारको फन्डले एकचोटी सेयर जारी गरिसकेपछि निश्चित समय अविधिभर सो योजना अन्तर्गत अर्को सेयर जारी गर्दैन। यसको निश्चित म्याचुरिटी मिति हुन्छ । उक्त मितिपछि लगानीकर्ताको लगानी फिर्ता आउँछ । बन्दमुखी योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार समेत हुन्छ ।

किन गर्ने लगानी ?

म्युचुअल फण्डमा लगानी गर्नका लागि ठूलो पुँजीको आवश्यकता पर्दैन । न्युनतम एक हजार रुपैयाँमा नै लगानीको सुरुवात गर्न सकिने भएकाले ससाना लगानीकर्ताले पनि यसबाट लाभ लिन सक्छन् । कोष प्रबन्धकहरूले म्युचल फण्डको तर्फबाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले वार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन् । प्रोफेसनल व्यवस्थापकद्धारा व्यवस्थापन गरिने, पारदर्शी हुने, न्युन कारोबार शूल्क र सानै स्रोतबाट लगानी गर्न सकिने हुँदा नयाँ लगानीकर्ता, सेयर बजारको घटबढका बारेमा जानकारी नभएका साना लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड लाभदायक मानिन्छ । यस्ता म्युचुअल फण्डहरु लगानीको विविधिकरण र कर सुविधाका साथमा सहजै र छिटो किनबेच गर्न सकिने भएकाले पनि लगानीको सुरक्षित क्षेत्र मानिन्छ । 

यसले धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यावसायिक व्यवस्थापकको ज्ञान तथा अनुभव (जुन व्यक्तिगत लगानीकर्तामा नहुन सक्छ) को अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको