Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैँमा ३३.३३ प्रतिशत क्यासब्याक

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, १२ : १४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैँमा ३३.३३ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका SCT Debit कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (SCT) सँगको सहकार्यमा यसपालीको दशैंका लागि SCT डेबिट कार्ड भएका ग्राहक लक्षित “SCT तथा UPI कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् । 

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने SCT डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउनेछन् । 

यस योजनापश्चात क्ऋत् कार्ड होल्डर ग्राहकहरूलाई SCT कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ । 
असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको