Like us!
Follow us!
Connect us!
Watch us!

ब्यादरमा बैंकहरुको होडबाजी: प्राइमकाे रेमिट्यान्स निक्षेपमा १४.१३, कर्जाको ब्याज १७ प्रतिशत !

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, ०६ : ५८ मा प्रकाशित

ब्यादरमा बैंकहरुको होडबाजी: प्राइमकाे रेमिट्यान्स निक्षेपमा १४.१३, कर्जाको ब्याज १७ प्रतिशत !

सबै बैंकहरुले असोजदेखि लागु हुने गरी निक्षेपको संगसंगै कर्जाको ब्याजदरमा समेत बृद्धि गरेका छन् । विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती  तोड्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको गत बिहीबार बिहान बसेको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेको थियो ।

बैंकहरुका बिचमा भद्र सहमति तोडिएसंगै बैंकहरुका बिचमा अस्वस्थ प्रतिष्प्रधा नै देखिएको छ । अन्य निक्षेपमा ब्यादर मनलाग्दी बढाउन नपाईने भएपछि बैंकहरुले रेमिट्यान्स बचत खाता र मुद्दती निक्षेपमा ब्याज मनलाग्दी ब्याज बृद्धि गरेको छन् । प्रभु बैंकले त रेमिट्यान्स मुद्दती खातामा १५.१३ प्रतिशत ब्याज पुर्याएको छ ।

त्यस्तै प्राईम कमर्सियल बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको गरको ब्याजदरमा ३ महिना सम्मको रेमिट्यान्स मुद्दती खातामा १४.१३ प्रतिशत ब्याज दिने कुरा उल्लेख गरेको छ ।

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार बैंकले कर्जाको ब्याजदर समेत करिब १७ प्रतिशत पुर्याएको छ । बैंकले बेसरेटमा ६.९९ प्रतिशतसम्म ब्याज थप गरि कर्जाको ब्याजदर लिन सक्ने जनाएको छ । असार मसान्तसम्ममा बैंकको बेसरेट ९.९९ प्रतिशत रहेको छ यसरी हेर्दा बैंकले १६.९८ प्रतिशतसम्म कर्जामा ब्याज लिने छ । 

सहकारी भन्दा पनि वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर बढि महंगो हुन पुगेको छ । सरकारले नै सहकारी संस्थाहरुलाई अधिकतम १६ प्रतितशसम्म ब्याज दिन सक्ने कानुनी व्यबस्था गरेको छ । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १४.१३ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

632915e123f4c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको