Like us!
Follow us!
Connect us!
Watch us!

थप ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

सोमबार, १० असोज २०७९, ०७ : ३२ मा प्रकाशित

थप ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

नेप्सेमा सुचिकृत थप ४ कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने चार कम्पनीहरु मध्य ३ कम्पनीहरुले नगद लाभांश मात्र प्रस्ताव गरेका छन् भने एक कम्पनीले बोनश सेयर समेत वितरणको प्रस्ताव गरेको छ । 

यी थप ४ कम्पनीहरु सहित यो आर्थिक बर्षमा लाभांश घोषणा गर्ने कम्पनीहरुको संख्या १२ पुगेको छ । यो पटक कम्पनीहरुले बोनसलाई भन्दा पनि नगद लाभांशलाई प्राथमिकता दिएका छन् । 

कुन कम्पनीको कति लाभांश ?

१) नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ। 

कम्पनीको बिहिबार बसेको सञ्चालक समितीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ। 

२) रु रु जलबिद्युत आयोजना

रु रु जलबिद्युत आयोजनाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ  । कम्पनीको असोज ७ गते सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो । 

कम्पनीको असोज ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि कार्तिक ४ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १७ औँ साभारणसभा बानेश्वर ब्याङ्क्वेट थापागाँउ बानेश्वरमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।

आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ असोज २७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ असोज २६ गतेसम्म नेप्सेमा कारोृबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

३) बोटलर्स नेपाल 

बोटलर्स नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । 

कम्पनीको असोज ६ गते बिहीबार बसेको सञ्चालक समितीकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोटलर्स नेपालका सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे हाे ।

उक्त प्रस्तावित लाभांश दुवै कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ । 

४) बोटलर्स नेपाल (तराई)

बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । 

कम्पनीको असोज ६ गते बिहीबार बसेको सञ्चालक समितीकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोटलर्स नेपाल (तराई) का सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे हाे ।

उक्त प्रस्तावित लाभांश दुवै कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।   

याे पनीः १ वाणिज्य बैंकसहित ८ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको