Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारकाे संकेत : एक सातामै २६ अर्बले बढ्यो निक्षेप

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १३ : ५१ मा प्रकाशित

तरलतामा सुधारकाे संकेत : एक सातामै २६ अर्बले बढ्यो निक्षेप

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन उल्लेख्य रूपमा बढ्दा कर्जा लगानी पनि बढेकाे हाे ।

असोज ७ गतेसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा २६ अर्बले बढेकाे हाे । भदाै ३१ गतेसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्बले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेकाे छ । भदाै ३१ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको