काठमाडौं उद्योग वाणिज्य संघले ब्याजदर नियन्त्रण गर्न माग राख्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरी प्रसाद भट्टराई मार्फत गभर्नर महा प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा ब्याजदर वृद्धि नियन्त्रण गरिनुपर्ने, कर्जाको उचित ब्याजदर निर्धारण हुनुपर्ने, कर्जा सहज हुनुपर्ने, निक्षेप संकलन स्वस्थ हुनु पर्ने, लगायतका कुराहरू समेटिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस