Like us!
Follow us!
Connect us!
Watch us!

जनताहरूले खाेजेका विकल्प 'बालेन' र उनकाे जीवन यात्रा (भिडियाे)

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १० : ४० मा प्रकाशित

नेपाली जनताहरूले लामो समयदेखि विभिन्न आन्दोलन गरिरहे यद्ध्यपी व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन सकेन । पटक पटक देश र जनताका लागि भनेर विभिन्न आन्दोलन भए हजारौँले बुबा आमा गुमाए हजारौँले छोरा छोरी तर पनि आन्दोलनपछिको व्यवस्था ठूलाबडा भनौदाहरूका लागि अवस्थामा परिवर्तन आयो पनि । चप्पल लगाएर सिंहदरबार छिरेकाहरू महल ठड्याएर बाहिर निस्किए तर सोझा साझा जनताहरूलाई भने २ छाक टार्न पनि धौधौ परिरहेको छ । जस्तो सुकै राम्रो संविधान भनेर जारी गरेपनि सम्पूर्ण जनताहरू सन्तुष्ट बन्न नसकेर हो वा आफ्नो दुनो सोझ्याउन हो अलिअलि जान्ने बुझ्ने कहलेकाहरूले सोझा साझा जनतालाई सडकमा उतारेर अपाङ्ग, टुहुरा, घरबारविहीनबाहेक अरू कुरा शुन्य हात लगाएर आफ्नो बाटो सोझ्याउन तर्फ लागे । 

२००४ देखि २०७२ सम्म आइपुग्दा पटक पटक संविधान जारी त भयो तर पनि सबैमा सन्तुष्टी छाउन सकेन । नीति निर्माता तथा नीतिको कार्यान्वयन गर्ने ठाउँमा बसेका व्यक्तिहरूले नै पटक पटक गरेर संविधानको चिर हरण गरे । आफू अनि आफ्नो परिवार, नातागोता, आसेपासेहरूको आवश्यकता पुरा गर्न भ्याईनभ्याई भयो राज्य सञ्चालकहरूलाई । 

एकातिर नेपालको धेरै दुर्गम ठाउँमा सिटामोल समेत नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ भने अर्कोतिर झाडापखाला लाग्दा समेत विदेशी महँङ्गा हस्पिटलमा धाउने देश हाँक्नेहरूको चाला फेरिएन । न त विदेशीले नै देशको अस्मितामाथि खेल खेल्दा एक जुट भएर प्रतिकार गर्न सके । न त लाखौँ सक्षम वेरोजगार युवालाई स्वदेशमै रोजगारको अवसर सृजना गर्न नै सके न त लाखौँ ॠण गरेर विदेशिएका नेपालीहरू रातो बाकसमा आफ्ना परिवारलाई ॠणमाथि ॠणको भारी बोकाएर फर्कँदा अलिकति पनि आत्मग्लानी गर्न नै सके । हजारौँ खोलानाला देशको सम्पत्ति विदेशीलाई सुम्पिएर विदेशको पाइला नेपाली माटोमा बजारिई रहेको अवस्थामा पनि राष्ट्रियताको खोक्रो खोल ओढ्न छाडेनन् देश हाँक्नेहरूले ।

चरम भ्रष्टाचार विकृती बिसङ्गतीबाट वाक्कदिक्क प्याक्क बनेका नेपाली जनताहरूले अब विकल्प खोज्न थालिसकेका छन् । जसको उदाहरण हो बालेन शाह, हर्क साम्पाङ जस्ता कर्मठ, इमान्दार र केही गर्नुपर्छ भन्ने हुटहुटी भएका स्वतन्त्र उम्मेद्वारहरूको विजय ।

अर्थसंसारकाे नियमित कार्यक्रम अल्पविरामकाे यस श्रृङ्खलामा हामीले काठमाडाैँ महानगरपालिकाका मेयरमा स्वतन्त्र तर्फबाट निर्वाचित बालेन्द्र शाह 'बालेन' काे बाल्यकालदेखि आजसम्मको यात्रा सँगसँगै समसामयिक विषयलाई समेटेका छौँ । यस सम्बन्धी सम्पूर्ण जानकारी लिन तलको भिडियो हेर्नुहोस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको