Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु, आउँदो साता सबै अधिकृतका कार्यालय स्थापना गरिने

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १२ : ५० मा प्रकाशित

निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु, आउँदो साता सबै अधिकृतका कार्यालय स्थापना गरिने

निर्वाच आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । 

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ । निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने उनले जनाए । 

‘असोज १५ देखि २० गतेसम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको