Like us!
Follow us!
Connect us!
Watch us!

अब निजी हाइड्रोपावर कम्पनीहरुले सोझै विदेशमा बिजुली बेच्न पाउने

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १६ : १३ मा प्रकाशित

अब निजी हाइड्रोपावर कम्पनीहरुले सोझै विदेशमा बिजुली बेच्न पाउने

सरकारले निजी हाइड्रोपावर कम्पनीहरुले विदेशमा बिजुली बेच्न पाउने व्यवस्था समेटिएको अध्यादेश ल्याएको छ। राष्ट्रिय सभामा विचाराधीन रहेको विद्युत विधेयक २०७७ फिर्ता गर्दै सो विधेयकलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याउन लागिएको हो। असोज ७ मा बसेको मन्त्रिपरिषद बैठकले सो अध्यादेशलाई प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ।  

अहिले निजी क्षेत्रका हाइड्रोपावर कम्पनीहरुले नेपाल विधुत प्राधिकरणलाई मात्रै बिजुली बेच्न पाउने व्यवस्था छ। यो विधेयक प्रमाणीकरण भएपछि  निजी हाइड्रोपावर कम्पनीहरुलाई विदेशमा विधुत् बिक्रि गर्ने बाटो खुल्नेछ। अध्यादेश प्रमाणीकरण भएको केहि समयभित्रै आवश्यक कार्यविधि तयार गर्ने तयारी उर्जा मन्त्रालयको   रहेको जानकारी उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले दिएका छन्।  

अहिले विधुत् प्राधिकरणले भारतमा विधुत निर्यात गरिरहेको छ। केही वर्षअघिसम्म लामो लोडशेडिङ्ग भोगेको नेपाल अहिले केहि समयकै अवधिमा विजुली बेच्न सक्ने अवस्था बन्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ।  अहिले विधुत् प्राधिकरणले निजी हाइड्रो डेभलपरहरुसँग सस्तोमा किन्ने र महंगोमा भारतमा बेच्ने गरिरहेको छ जसकारण प्राधिकरणको नाफा पनि उल्लेख्य रुपमा बढेको छ। अब निजी हाइड्रो कम्पनीहरुले पनि भारत, बंगलादेश लगायतका देशमा विद्युत खरिद बिक्रि सम्भौता गरि प्रत्यक्ष रुपमा विधुत् बेच्न सक्ने कानुन बनेसंगै निजी क्षेत्रका कम्पनीहरुले विधुत् प्राधिकरणलाई नै विधुत् बेच्नुपर्ने  वाध्यता टर्ने देखिन्छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको