Like us!
Follow us!
Connect us!
Watch us!

गोकुल बास्कोटाको कटाक्ष : सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

अर्थ संसार

विहीबार, १३ असोज २०७९, १३ : ३९ मा प्रकाशित

गोकुल बास्कोटाको कटाक्ष : सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । 

उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ 

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् । 

‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको