Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छः एमाले सांसद बास्कोटा

अर्थ संसार

विहीबार, ०७ भदौ २०८०, ०६ : ५० मा प्रकाशित

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छः एमाले सांसद बास्कोटा

नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन्। 

एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल सुन बाहिर पठाएको उनको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सो एक क्वीन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले समातियो ? भन्नेकुरा उच्चस्तरीय जाँचबुझ आयोगले बाहिर ल्याउने भन्दै आफूहरु त्यसको प्रतिक्षामा रहने समेत बताए । उनले सत्तापक्षलाई सत्यको पक्षमा उभिन तर स्टन्टबाजी नगर्न पनि चेतावनी दिएका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जेल पठाउनेसम्मको अभिव्यक्ति सत्तापक्षबाट आएको उल्लेख गर्दै सांसद बास्कोटाले त्यस्ता खालको लल्कार्ने र तर्साउने काम नगर्न सचेत गराए । उनले जनताको विश्वासको जगमा उभिएका ओलीमाथि अपमान गरिए सैह्य नहुने बताए। 

सांसद बास्कोटाले भने, ‘यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिव २३ क्वीन्टल सुन रातारात बाहिर पठाइयो । र, एक क्वीन्टर सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा । यो फगत नौटंकी थियो वा खासकारणले समातियो ? यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरिसकेपछि त्यसको प्रतिक्षमा छौं । र, त्यसका तथ्यहरुलाई हामी स्वीकार गर्दछौं । हिजोसम्म पनि र अहिले पनि केही सत्तारुढ दलका साथीहरुले प्रश्न उठाउनु भयो । लोकतन्त्रमा प्रतिपक्षको आवाज दमन गर्न खोजेपछि भकुण्डोजस्तो उफ्रनुपर्ने स्थिति बन्यो । आज ठिक ठाउँमा आइपुगेको छ । सबैलाई बधाई भन्छु, धन्यवाद भन्छु । यहाँ त आउनुपर्दो रहेछ । म एउटा चुनौति पनि दिन चाहन्छु । सत्तापक्षले रुखको टुप्पोको पातमा बसेर, हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । तपाईहरुलाई सुझाव छ–स्टन्टबाजी होइन, गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट गर्नुस् । जे सत्य हो, त्यो कुरा बाहिर आउँछ । एक हजार कुतर्कको काम छैन । एउटा तथ्यले सम्पूर्ण कुराको छिनोफोनो गर्दछ । यो आजको समाज हो । र यसमा स्टन्टबाजीको काम छैन । फलानो नेता, फलानो दिन, विपक्ष दलका नेता जेल जान्छ । के हेरेर बस्नुभएको छ ः लैजानुस समातेर । पाता फर्काएर लैजानु न । हामीले रोकेको छ ? हामीले त्यही मागेको हो । कि जे चिज साँचो हो । त्यही कुरा ल्याउनुस् । लल्कार्ने, तर्साउने यो त गजब भयो । यत्रो जलहरीदेखि ३३ किलोको हल्ला किन रहेछ ? किन उठाइराखेको रहेछ भन्दाखेरी देखियो । यसो हेरेको पूर्व देखाएर पश्चिम हान्ने एउटा तरिका छ नि । अर्काको ढाडमा टेकेर त्यसैको टाउकोमा हान्ने रहेछ नि । कुरा ठूला के देखिन्छ भने कहिले कोसित टाँसिएर, कहिले को सित साटिएर ओभर नाईट सत्ता परिवर्तन गर्नेले जनताको विश्वासको जगमा उभिएको पार्टीका नेतालाई अपमान गर्ने दुःशाहस चाहीँ नहोस् । म चुनौति र चेनावनी दुई वटै दिन चाहन्छु ।’

सांसद बास्कोटाले सरकारले सत्यको पक्षमा उभिन तागत राख्नुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको