नेपाली नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालको सेयर बजार केहि डनहरुले कब्जामा राखेको बताएका छन्।
उनले आफ्नो सामाजिक संजालमा लेखेका छन,'प्रायोजीत हल्ला मच्चायो भाउ बढायो जनतालाई किनायो।उसैगरी उल्टो हल्ला चलायो भाउ घटायो र जनताबाटै कौडीमा किनीदियो गरेर मात्र नेपालको सेयर बजारका केही डनहरुले सेयर बजार पुरै कब्जामा राखेका छन,'
उनले वाइको कम्पनीलाई समेत मनपरी बजार चलाउने छुट कसले दियो भनेर प्रश्न गरेका छन्। उनले प्रश्न गरेका छन् ,'जनता घाटामा,तीनजना नाफामा?'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस