नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाखमा सकाउने योजना चै सफल हुदैन भन्दै पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन् ।
बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर ईतिहास रचे भन्दै ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाकमा सकाउने योजना चै सफल हुदैन । पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैन । उनले नेपाल बनाएर ईतिहास रचे।यिनलाई जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दियो।साईत हेर्न पर्दैन । पारश शाहलाई बिना पुर्वाग्रह स्वास्थ लाभको कामना गर्दछु।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस