Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति ?

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ११ : १९ मा प्रकाशित

एकैदिनमा ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति ?

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढ्दा सिडी रेसियाे भने स्थिर देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असाेज १२ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असाेज ११ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब २३ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कर्जा लगानी पनि ५ अर्बले नै बढेर ४७ खर्ब ३६ अर्ब पुगेकाे छ । यसै अवधिमा वाणिज्य बैंकहरूले ४१ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.१६ प्रतिशतमा स्थिर रहेकाे राष्ट्र बैंकले जनाएको छ । 

6336806c562d2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको