Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा मैतिदेवी मन्दिरलाई सरसफाई सामाग्री र डिजिटल दान पेटिका हस्तान्तरण

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १५ : २६ मा प्रकाशित

कामना सेवाद्वारा मैतिदेवी मन्दिरलाई सरसफाई सामाग्री र डिजिटल दान पेटिका हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं जिल्ला क.म.पा. वडा नं. ३०, मैतिदेवीस्थित मैतिदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले क.म.पा. वडा न. ३० का वडा अध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दल बहादुर कार्कीलाई उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए । साथै बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा Digital Donation Box समेत राखेको छ । कार्यक्रममा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्यहरु, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रतिवद्धता जाहेर गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको