Like us!
Follow us!
Connect us!
Watch us!

इतिहासले भन्छ :अपि पावर कम्पनीले आफ्ना सेयरधनीलाई कहिल्यै निराश बनाउदैन

अर्थ संसार

शनिबार, १५ असोज २०७९, ०७ : ४२ मा प्रकाशित

इतिहासले भन्छ :अपि पावर कम्पनीले आफ्ना सेयरधनीलाई कहिल्यै निराश बनाउदैन

अपि पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हाइड्रो कम्पनी मध्यकाे एक हाे । नेप्सेमा सुचिकृत जलविधुत उत्पादन गर्ने कम्पनी मध्य अपि यस्तो कम्पनी हो जसले हरेक वर्ष आफ्ना लगानीकर्तालाई निराश भने बनाउदैंन।  

अपिको लाभांस इतिहासलाई केलाउन हो भने हरेक वर्ष आफ्ना लगानीकर्तालाई अपिले केहि न केहि लाभांस दिएकै छ।  कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा आफ्ना सेयरधनीलाई ११.०५% (बोनस र क्यास वापत ) दिएको छ भने कहिले पनि ५ प्रतिशत भन्दा कम दिएको छैन। 

यस्ताे छ अपि पावरको  लाभांश इतिहास :

१. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा अपिले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस सेयर गरि कूल ५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस गरि कूल ८  प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३ . आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ०.२६प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले  आफ्ना सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस र ०.४७ प्रतिशत नगद गरि कूल ९.४७ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

५. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा  अपिले आफ्ना सेयरधनीहरूलाई १०.५० प्रतिशत बाेनस र ०.५५  प्रतिशत नगद गरि कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

Click Here to check Api Dividend History

अपि पावरको लाभांस इतिहास हेर्ने हो भने कम्पनीले आफ्ना लगानीकर्तालाई क्यास भन्दा बोनस सेयरमा जोड दिने गरेको देखिन्छ। 

अपिले हाल अपि पावरले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिरहेको छ । तेस्तै अपिको साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड सञ्चालनमा छन् ।यसको साथै अपिको ४ मेगावाटको चन्द्रनिगाहपुर ,१ मेगावाटको ढल्केबर र १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना सञ्चालनमा छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको