Like us!
Follow us!
Connect us!
Watch us!

एमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश वस्नेतको नाम सार्वजनिक

अर्थ संसार

शनिबार, २२ असोज २०७९, ११ : २१ मा प्रकाशित

एमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश वस्नेतको नाम सार्वजनिक

प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन् । गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए । यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश वस्नेतको नाम सार्वजनिक भएको छ । उनी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ । यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ । 

एमाले पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले मंसिर ४ मा हुने निर्वाचनका लागि उनीहरुको नाम सार्वजनिक भएको पुष्टी गरे । 'तर यो नै फाइनल नहुनसक्छ', उनले भने, 'भोलि यसमा तलमाथि पनि पर्नसक्छ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको