Like us!
Follow us!
Connect us!
Watch us!

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १८ : ३५ मा प्रकाशित

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । 

संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको छ भने प्रदेश सभातर्फ  प्रदेश क र ख क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाएका छन् ।

गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।  

एमालेले भने प्रदेश सभा (क) मा संविधान सभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख)मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको