नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएको छ ।
एमालेका तर्फबाट कैलाली क्षेत्र नं .१ मा प्रतिनिधि सभा सदस्यमा तपेन्द्र रावल र प्रदेश सभा सदस्य “प्रदेश ख” मा द्धारिकाप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्
टीकापुर नगरकमिटी कार्यालयबाट गएको जुसुल नापी कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि समर्थक कमला शाही चौधरी र प्रस्तावमा प्रेम वहादुर साउँद रहेका छन् । यस्तै प्रदेश सभा सदस्य द्धारिकाप्रसाद न्यौपानेको समर्थक बिजय सार्की र प्रस्ताव हरिलाल चौधरी रहेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार रावल टीकापुर नगरपालिकाका पूर्व मेयर हुन ।यस्तै न्यौपाने एमाले जिल्ला सचिवालय सदस्य हुन् ।
विद्यार्थीकालदेखि राजनीतिकमा सक्रिय रहेका न्यौपाने टीकापुर क्षेत्रमा आशा लाग्दा र परीक्षण नभएका युवा उम्मेदवार हुन् । उनले टीकापुर बनाउने ‘ड्रीम प्राजेक्ट’ आफूसंग रहेकोले सवैलाई सूर्य चिन्हमा भोट हालि जिताउन आग्रह गरे । निर्णय क्षमता र जोखिम लिन सक्ने नेताका रुपमा पार्टी भित्र र बाहिर न्यौपाने चिनिन्छन् ।
यसपटक एमालेले “हाम्रा होइन, राम्रा र योग्य” जनप्रतिनिधि पठाउनका लागि युवा नेतालाई उम्मेदवार बनाएको छ ।प्रदेश सभा सदस्यका उम्मेदवार न्यौपानेले टीकापुर क्षेत्रलाई ‘पाइलट सिटी’को रुपमा अगाडि बढाउने योजना रहेको बताए ।
उनले ‘कर्णाली करिडोर’को निर्माण गरि टीकापुरको डुवान समस्या समाधान गर्ने र पर्यटकिय क्षेत्र बनाउने उनको भनाई रहेको छ । यस्तै टीकापुरलाई खेलकुदको राजधानी, वेरोजगारी समस्या समाधान गर्ने पनि उनको योजना रहेको छ ।
एमालेले कैलाली क्षेत्र नं। १ को प्रदेश सभा सदस्य ९क०मा जनता समाजवादी पार्टी ९जसपा०संग तालमेल गरेको छ । उक्त प्रदेश ९क०मा भगतराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस