Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १७ : ०९ मा प्रकाशित

४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन ४ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असाेज २३ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।  यसअघि असाेज १३ गते  बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५१ खर्ब २३ अर्ब रूपैयाँ रहेकाे थियाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि एक अर्बले बढेर ४५ खर्ब २३ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी बढेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १२ अर्बले घटेर ४७ खर्ब २६ अर्ब रूपैयाँ छ । साेही अवधिमा वाणिज्य बैंकहरूले ४१ खर्ब ८६ अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका छन् । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.२९ प्रतिशतबाट घटेर ८७.०५ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको