Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ३८ अर्वले बढ्यो निक्षेप संकलन, सिडी रेसियोमा व्यापक सुधार

अर्थ संसार

विहीबार, २७ असोज २०७९, २० : १२ मा प्रकाशित

एकैदिनमा ३८ अर्वले बढ्यो निक्षेप संकलन, सिडी रेसियोमा व्यापक सुधार

बैंकहरूकाे निक्षेप संकलन ३८ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि व्यापक सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असाेज २६ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असाेज २५ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५० खर्ब ८७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ३८ अर्बले बढेको हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ३६ अर्बले बढेर ४५ खर्ब १७ अर्बमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने २ अर्बले घटेर ४७ खर्ब २१ अर्ब रूपैयाँ पुगेकाे छ । यसै अवधिमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह पनि १ अर्बले नै घटेर ४१ खर्ब ८२ अर्ब छ ।  

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.८१ प्रतिशतबाट घटेर ८७.०१ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

 

6348252940dff.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको